दफा २३ग
उपभोगको म्याद सकिएको वस्तु नष्ट गर्ने सम्बन्धी व्यवस्थाः
(१) प्रतिष्ठानबाट निष्कासन नभएको तर
उपभोगको म्याद सकिएर प्रतिष्ठानको गोदाममा नै
रहेको वियर, वाइन तथा अन्य अन्तःशुल्कजन्य वस्तु
नष्ट गर्नु पर्ने भएमा त्यस्तो वस्तु नष्ट गर्न उपभोगको
म्याद सकिएको मितिले तीस दिनभित्र सम्बन्धित
कार्यालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन पेश भएमा उपभोगको म्याद सकिएको: वा नसकिएको सम्बन्धमा छानबिन गरी सिफारिस गर्न देहायको समिति रहनेछ:- (क) कार्यालय प्रमुख -संयोजक
(ख) सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि -सदस्य
(ग) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि -सदस्य
(घ) उद्योग वाणिज्य सङ्घको प्रतिनिधि -सदस्य
(ङ) प्रतिष्ठानले तोकेको प्रतिनिधि -सदस्य
(च) कार्यालयको अन्तःशुल्क हेर्ने कर्मचारी -सदस्य-सचिव
(३) उपनियम (२) बमोजिमको समितिको सिफारिसमा एक करोड रुपैयाँसम्म कारखाना मूल्यको वस्तु कार्यालय प्रमुख आफैँले निर्णय गरी र सोभन्दा बढी मूल्यको वस्तु विभागको स्वीकृति लिई उपनियम (२) बमोजिमको समितिको रोहवरमा नष्ट गर्न सकिनेछ।